काेहलपुरमा सबैकाे चित्त बुझ्नेगरी काम गर्नेछु – मेयरका उमेदवार भुषाल

बाँके\ नेकपा एमाले काे तर्फबाट कोहलपुरका मेयरका उमेदवार खिल प्रसाद भुषालले आफू बिजयी भएमा सबैलाई चित्त बुझ्नेगरी काम गरेर देखाउने बताएका छन।
यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन नजिकिएसंगै घरदैलो अभियानकाे क्रममा भुषालले मतदाता संग यस्ताे प्रतिबद्दता गरेका हुन ।आज सोमबार वडा नं.१२ मा घरदैलो तथा उम्मेद्वार परिचयात्मक कार्यक्रम गरेकाे थियाे।
कार्यक्रममा बोल्दै मेयर पदका उम्मेद्वार खिल प्रसाद भुषालले कोहलपुर चप्परगौडी–खड्कवार हुँदै सल्यान घुइयाबारी जोड्ने सडक प्राथमिकताका साथ अघि बढाउने बताएका छन् ।
उक्त सडक कर्णाली प्रदेश जोड्ने छोटो मार्गका रुपमा रहेको विस्तार भएपछि यहाँको कृषि र पर्यटन क्षेत्रमा विषेश टेवा पुग्ने उनको भनाई थियो । त्यसका साथै मध्यवर्ती क्षेत्रका जनतालाई निकुञ्जबाट आउने वन्यजन्तुले दुख दिने समस्या रहेकोले त्यसको समाधान गरी निकुञ्ज अभिशाप नभई बरदान सावित हुने योजना बनाउने समेत उनको भनाई थियो । साथै अहिलेको निर्वाचनमा आफू निर्वाचित भएमा शासक नभई जनताको सेवक भएर काम गर्ने विचार व्यक्त गरे ।
यस्तै उपमेयर पदकी उम्मेद्वार अस्मिता थारुले आफु सामान्य किसान परिवारमा जन्मिएकोले कृषी क्षेत्रको विकासका लागि विशेष योजनाहरु ल्याउने बताइन् । त्यसैगरी, महिलाहरुको आर्थिक शसक्तिकरणका लागि सोझै टोलहरुको नेतृत्वमा कार्यक्रम संचालन गर्नुका साथै महिलाहरुको हक अधिकार पुर्ण रुपमा कार्यान्वयन गर्न विज्ञहरुसंग छलफल गरी योजनाबद्ध रुपमा काम गर्ने समेत उनको धारणा थियो ।
कार्यक्रममा बोल्दै वडा नं.१२ का वडा अध्यक्ष पदका उम्मेद्वार टेक बहादुर शाहीले वडाबासीहरुमा समानता र सद्भावको व्यवहार, जेष्ठ नागरिकहरुको सम्मान गर्ने वातावरण बनाउने बताए । साथै उनले युवाहरुको विकास, बालबालिका मैत्री वातावरण बनाउने समेत प्रतिबद्ध जनाए । कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत, पुर्व कृषि मन्त्री आरती पौडेल, संविधान सभाका सदस्य देवराज भार र बाँके ईञ्चार्ज सुर्य ढकाल लगायतले अब नेकपा एमाले नगर कमिटिको नीति नियम बमोजिम कोहलपुर नगर सरकार संचालन गर्ने उद्घोष गरे




