बाँसगढी नगरपालिकाकाे उपमेयरमा काग्रेसकी  साेमति थारुकाे चर्चा

बाँसगढि, १२ बैशाख । आगामी स्थानीय चुनावमा बर्दियाको बाँसगढि नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसबाट युवा नेतृ साेमति थारुले उमेदवरी दर्ता गराएकी छन ।
नेपाली काग्रेस बाँसगढी नगर उप सभापति समेत रहेकी थारु आफ्नो क्षेत्रका जनताको राेजाईमा समेत परेकी छन। थारुलेले राजनीतिमार्फत सामाजिक रुपान्तरण, समावेशिता, सहभागितामुलक लोकतन्त्र र समृद्धि सहितको विकासका लागि आफुले उप प्रमुखमा उमेदवारी दिएकाे बताएकी छन।

आफु उपमेयरमा निर्वाचित भएमा गाउँ टोल र समाज गरी राष्ट्रको सेवा गर्ने पनि प्रतिबद्धता गरिन् । स्थानिय नेता तथा पार्टी कार्यकरताहरुले पनि आफुलाई सल्लाह अनुसार आफु अघि बढीरहेको उनले दाबी छ। बैशाख ३० गते हुने स्थानीय चुनाव सभ्य र  बनाउनमा आफु लागि पर्ने उनले बताइन् ।

फाेरम लाेकतान्त्रिककाे केन्द्रीय उप सभापति समेत भैसकेकी थारुले  “आदिवासी थारु हमरे धर्ती पुत्र” लगाएत थारु भाषाका १ सय बढि गितहरुमा आवाज दिइसकेकी छन।
थारु समुदायकाे बाक्लाे बसाेबास रहेकाे बाँसगढी  नगरपालिकामा गायिका समेत रहेकी थारु सबै समुदायविच लाेकप्रिय मानिन्छिन। बाँसगढि नगरपालिकामा उनले सजिलै चुनाव जित्ने पुर्व शिक्षक भाेलानाथ भट्टराई बताउछन।

सम्बन्धित समाचार