काेहलपुरमा स्थगित अर्धवार्षिक परीक्षा भाेली माघ २६ गतेबाट सुचारु हुने
काेहलपुरमा स्थगित अर्धवार्षिक परीक्षा भाेली माघ २६ गतेबाट सुचारु हुने
काेहलपुर नगरपालिकाले काेभिड संक्रमणका कारण स्थगित परीक्षा भाेली माघ २६ गतेदेखि सुचारु हुने भएका छन।
काेहलपुर नगरपालिका ,नगर शिक्षा शाखाले हिजाे सुचना जारी गर्दै आज २५ गतेदेखि विद्यालय खुल्ने र भाेली २६ गतेदेखि स्थगित भएका परिक्षाहरु संचालन हुने जनाएकाे छ।
काेहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख रविलाला मिजारले परिक्षा स्वास्थ्य मापदण्ड पूरा गरि एउटा वेन्चमा २ जना मात्र विद्यार्थी राखेर संचालन गर्न विद्यालयलाई निर्देशन दिएकाे बताए।
बढ्दाे काभिड संक्रमणका कारण काेहलपुर नगरपालिकाले गत पाैष २७ गतेदेखि अर्धबार्षिक परीक्षा स्थगित गरि विद्यालय बन्द गर्न निर्देशन दिएकाे थियाे।

काेहलपुरमा संस्थागत विद्यालयले भने परीक्षा सकेर मात्र विद्यालय बन्द गरेकाे थियाे भने प्रायजसाे संस्थागत विद्यालय माघ १५ गतेदेखि नियमित संचालनमा छन।




