बाँकेमा विद्यालयमै पुगेर बालबालिकालाई काेराेना विरुद्धको खाेप लगाइने

काेहलपुरमा कहाँ र कहिले लगाइन्छ काेराेना विरुद्धको  माेर्डना खाेप

काेहलपुर। कोभिड-१९ को नयाँ भेरियन्ट देखिएसँगै बाँकेमा कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र बनाइएको छ । बाँकेका सबै स्थानिय तहमा  १२ देखि १७ वर्ष उमेरका बालबालिका तथा किशाेरकिशाेरीलाई १९ र २०  माघमा काेराेना बिरुद्धकाे खाेप लगाइने भएकाे छ।

          काेहलपुर नगर शिक्षा शाखा प्रमुख रविलाल मिजारका अनुसार काेहलपुरमा  विद्यालयमै पुगेर विद्यार्थीलाई खोप लगाइनेछ। त्यसका लागि माेर्डना खाेप आइसकेकाे छ।

          २ सय वा साे भन्दा बढि विद्यार्थीकाे भएकाे विद्यालयमा साेही  विद्यालयमै खाेप केन्द्र ताेकिएकाे छ भने २ सय भन्दा कम विद्यार्थी भएमा नजिककाे विद्यालयमा गएर खाेप लगाउनु पर्ने शाखा प्रमुख मिजारले जानकारी दिए।
काेहलपुरमा कुन खाेप केन्द्रमा कहिले खाेप लगाउन तल हर्नुहाेला


ताजा समाचार