पत्रकार डिल्ली शाही सम्मानित

बाँकेका पत्रकार डिल्ली शाही सम्मानित भएका छन् ।

कोहलपुर नगरपालिकाको १२ र १३ नं. वडालाई बालविवाह मुक्त वडा घोषण कार्यक्रममा शाही सम्मानित भएका हुन् ।

बिहिबार बाल अधिकार समितिको आयोजनामा भएको कार्यक्रममा कोहलपुर नगरपालिकाका लुट बहादुर रावतले शाहीलाई धन्यवाद ज्ञापन गर्दै सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

यस्तै यस अघी पनि  समाज सेवा संस्था नेपालले पत्रकारीताको माध्यमबाट लागुऔषध प्रयोग न्यूनिकरणमा महत्पूर्ण भूमिका खेलेको भन्दै पत्रकार शाहीलाई सम्मानित गरेको थियो ।

यस्तै झगरीलाल वाग्ले युवा पत्रकारिता पुरस्कारबाट समेत पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष पत्रकार प्रदिप वाग्लेले आफ्ना स्वर्गीय बुवाको स्मृतिमा स्थापना गरेको यूवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका थिए ।


ताजा समाचार