अबदेखि लक्षण देखिएमा मात्र PCR जाँच हुन्छ- काेहलपुर स्वास्थ्य शाखा प्रमुख पाेख्रेल

काेहलपुर

आज असोज १ गते का दिन कोरोना लाई जितेर ७ जना अतिथी होटेल को आइसोलेसन बाट घर फर्केका छन।
अाज असाेज १ गते काेराेना जितेर ७ जना घर फर्किएकाे नगर स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पाेख्रेलले जानकारी दिए।
अहिलेसम्म काेहलपुर नगरपालिकामा रहेकाे हाेटल अतिथिकाे आइसोलेसनमा १५ जना रहेका छन। जसमध्ये महिला ७ र पुरुष ८ जना रहेकाे प्रमुख पाेख्रेलले जानकारी बताए । अाइसाेलेसनमा रहेकाकाको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।

अबदेखि कोरोना संग मिल्ने लक्षण देखिए मात्र पिसिआर जांच हुने पाेख्रेलले जानकारी गराएका छन। लक्षण नदेखिएमा काेराेना परिक्षण नहुनेहुँदा सजक रहन नगर स्वास्थ्य प्रमुख पाेख्रेलले अनुराेध छ। हाल बागेश्वरी क्वारेन्टाइन मा २२ जना रहेका छन। कसैलाई रुघाखोकी ,ज्वरो , जिउ दुख्ने ,घाटी दुख्ने र स्वास फेर्न गाह्रो हुने लगाएतका समस्या देखिएमा भेरी अस्पताल नेपालगन्ज अथवा मेडिकल कलेज कोहलपुरमा स्वास्थ्य जांच गराउन स्वास्थ्य प्रमुख पाेख्रेलले अनुराेध गरेका छन ।

सम्बन्धित समाचार