काेहलपुरमा लाेकप्रिय ‘खसिकाे कटिया’

काेहलपुर

काेहलपुरकाे मनकामना चाेकमा रहेकाे हाेटल डिभाइनडिसले सुरु गरेकाे ‘खसीकाे कटिया ‘ मासुका पारखिबिच लाेकप्रिय बन्दै गएकाे छ।
काेहलपुर चाैराह देखि २ किलाेमिटर उत्तरमा रहेकाे हाेटल डिभाइन डिसले मासुका पारखिहरु का लागि ‘खसिकाे कटिया’ शुरु गरेकाे हाे। बिभिन्नखाले १७ प्रकारका मसलाहरु राखी माटाेकाे भाडाेमा काेइलामा सेकाएर बनाउने परिकार हाे ‘कटिया’। केही महिना अघि मात्र शुरु भएकाे ‘खसिकाे कटिया’ काे स्वाद लिन बाँकेका विभिन्न ठाँउहरुबाट मासुका पारखिहरु आउन थालेका छन।

आठ बर्ष अगाडि मलेसियामा जादाँ याे परिकार बनाउन सिकेकाे हाेटल संचालक ओमप्रकास चापागाईंले दैनिक उज्यालोसंगकाे कुराकानीमा बताए।उनले नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने साेचका साथ आफुले अलि नाैलाे परिकार सहित हाेटल संचालन गरेकाे बताए। अहिले हाेटलमा खसिकाे कटियाका साथै लाेकल कुखुराकाे मासु , माछा लगाएत अर्गानिक परिकारहरु रहेकाे संचालक चापागाईंले बताए।

लाेकल कुखुरा जाेखेर प्रतिकिलाे ९ सयका दरले तयारी मासु ग्राहकलाई अाफुले दिएकाे जसले गर्दा सस्ताे दरमा ग्राहकले स्वाद लिन पाउने छन। हाेटल पुर्णरुपमा पारिवारिक र सकेसम्म सस्ताे दरमा ग्राहकलाई सेवा प्रदान गरेकाे उनले बताए ।


ताजा समाचार