शिक्षक संगठन बाँकेले गर्याे ZOOM प्रबिधिबाट बैठक
काेहलपुर ,११ बैशाख २०७७

नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेले ZOOM प्रबिधिमा जिल्ला समितिकाे बैठक सम्पन्न गरेकाे छ।
बैठकका प्रमुख अतिथि संगठनका राष्ट्रिय अध्षक्ष लक्ष्मण शर्माले अब शिक्षकहरु प्रबिधि संग नजिक हुनुपर्नेमा जाेड दिए। अध्यक्ष शर्माले भने-‘ शिक्षक बिनाकाे प्रबिधि र प्रबिधि बिनाकाे शिक्षक दुबै बिद्यार्थीका लागि पुर्ण हुदैन’।अध्यक्ष शर्माले संगठनका शिक्षकहरुले अहिलेकाे परिस्थितिमा सहयाेगीकाे रुपमा प्रस्तुत हुनुपर्ने बताए। अध्यक्ष शर्माले महासंघकाे निर्णय कमाेजिम १ दिन बराबरकाे तलब महासंघकाे खातामा पठाउन र महासंघले सरकारलाई उपलब्ध गराउने बताए। उनले शिक्षक महासंघकाे बिकल्प नरहेकाे बताउदै महासंघकाे निर्णयलाई सबैले पालना गर्नुपर्नेमा जाेड दिए। संगठनका महासचिव हंंस शाहीले शिक्षकहरुलाई प्रबिधिसंग नजिक ल्याउन र प्रबिधि मार्फत कक्षा संचालन गर्न संगठन लागिरहेकाे स्पष्ट पारे। महासचिव शाहीले अनलाईन मार्फत जिल्ला स्तरिय तथा स्थानिय तहसम्म प्रशिक्षण कार्यक्रम संचालन गर्न अनुराेध निर्देशन दिए। बैठकमा संगठनका राष्ट्रिय सदस्य एकदेव पन्थीले संगठनका नियमित गतिबिधिलाई अनलाइन मार्फत भए पनि निरन्तरता दिनुपर्ने धारणा राखे।बैठकमा प्रदेश न ५ का बरिस्ठ उपाध्यक्ष राजेन्द्र सापकोटा लगाएतकाे सहभागिता रहेकाे थियाे।संगठनका जिल्ला अध्यक्ष वामदेब सुबेदीकाे अध्यक्षतामा सम्पन्न बैठकमा संगठनका बाँके ४० बढि शिक्षककाे सहभागिता रहेकाे संगठनका बाँके सचिव दिल बहादुर क्षेत्री ले बताए।




