थप तीन जना कोरोना संक्रमित फेला, नेपालमा संक्रमितको संख्या ९ पुग्यो

काेहलपुर चैत २२

नेपालमा कोरोना भाइरस(कोभिड –१९) का तीन जना नयाँ संक्रमित फेला परेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका प्रेस सल्लाहकार माधव तिवारीका अनुसार, मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिलामा काेराेना भाइरसकाे संक्रमण भेटिएको हो । कैलालीकी महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको उनले जानकारी दिए योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ । पछिल्ला नयाँ तीन थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।


ताजा समाचार