स्थानिय तहलाई समाजसेवी मल्लकाे सहयाेग

नेपालगन्ज,चैत १८ ।

नेपालगन्जका समाजसेवी मीन बहादुर मल्लले लकडाउनका कारण समस्यामा परेका बिपन्न ब्यक्तिलाई सहयोग गर्नुभएको छ । खजुरा गाउँपालिका र नरैनापुर गाउँपालिकाको राहतकोषमा मंगलबार १/१ लाख रुपिया सहयोग गर्नुभयो । मल्लले जानकी गाउँपालिकालाइ समेत एक लाख सहयोग गरिने बताउनुभयो । मल्लले विभिन्न सहयोगदाता बाट संकलित रकम गाउँपालिकामा सहयोग गर्नुभएको हो । उहाँले आफुले पचास हजार सहयोग गरि अन्यबाट गरि तीन लाख संकलन गर्नुभएको हो । दैनिक ज्यालादारी गरि जीवन निर्बाह गर्नेहरूलाई सहयोग गर्न रकम गाउँपालिकाको कोषमा जम्मा गरिएको बताउनुभयो ।
लाेकप्रिय सन्देशबाट साभार


ताजा समाचार