काेहलपुरमा राहत शिक्षककाे बैठक!
kकाेहलपुर, ९ फाल्गुन २०७६
नेपाल राहत शिक्षक समितिकाे केन्द्रीय समितिकाे बैठक भाेली( शनिवार) बाँकेकाे काेहलपुरमा हुन लागेकाे छ।
अाउदै गरेकाे राष्ट्रिय शिक्षा एेनका राहत शिक्षककाे स्थायी ब्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा छलफल गर्न राहत शिक्षककाे बैठक हुन लागेकाे नेपाल राहत शिक्षक सामितिका केन्द्रीय महासचिव कुमार बजगाईले जानकारी दिए।
राहत शिक्षकलाई एकमुष्ट दरवन्दीमा रुपान्तरण गरि अान्तरिक प्रतिस्पर्धा मार्फत स्थायी पक्रियामा लैजानुपर्ने राहत शिक्षककाे माग रहेकाे छ।
राहत शिक्षककाे काेहलपुर बैठकले राहत शिक्षककाे भावी याेजनाका बारेमा पनि छफल हुने समितिका बरिष्ठ सह अध्यक्ष बिरेन्द्र मल्लले जानकारी दिए।




