काेहलपुरमा मेयर कप शुरु

कोहलपुर ।


बाँकेको कोहलपुरमा तेस्रो अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुक्रबारदेखि भएको छ । ‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रतियोगिता कोहलपुर नगरपालिकाको आयोजना तथा कृष्ण माध्यामिक विद्यालयको संचालन तथा व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हाे । जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवले प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटनको क्रममा बोल्दै अरु पालिका भन्दा काेहलपुर खेलकुद र शिक्षामा अगाडि रहेकाे बताए। कोहलपुर नगरपालिकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरु जन्माएको उनकाे भनाई थियाे । अागामी बर्षदेखि बाँके जिल्ला भित्र अन्तर पालिका स्तरिय खेलकुद प्रतियोगिता गर्ने साेचमा अाफु रहेकाे प्रमुख श्रीवास्तवले बताए।

। कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख एवं प्रतियाेगिता संचालन मूल समितिका संयाेजक लुट बहादुर रावतले कोहलपुर नगरपालिकाले खेलकुदलाई विशेष प्रथामिताका राखेकाे बताए ।उनले पालिका स्तरिय तेस्राे संस्करणमा मेयर कप बाँकेमा काेहलपुरले गरेकाे तर अन्य पालिकामा याे बर्ष पहिलाे वा दाेस्राे संकरण हुन लागेकाे मेयर रावतले बताए।


नेकपा प्रदेश न ५ का सदस्य प्रेम भुषालले मेयरकप बाहेक नगर भित्र हुने अन्य खेलकुदमा पनि नगरपालिकाले विशेष ध्यान दिनुपर्ने बताए।
यस्तै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रदेश ५ का सदस्य नरेन्द्र न्यौपानेले खेलाडिको भविष्य सरकारको सुनिश्चि गर्न नसकेको बताए । खेलाडिहरुले खेलकुदमा भविष्य देख्न छोडिसकेकाे बताए। न्याैपालेले खेलाडीहरुलाई चना खाने पैसा समेत अभाव हुदा बिदेशिन बाध्य भएकाे बताए।
उद्घाटन कार्यक्रममा विभिन्न बिद्यालयहरुले मार्चपास पर्दशन गरेका थिए भने सरस्वति मा बि पिपरीका बिद्यार्थीहरुले पि टि पर्दशन गरेका थिए।
कार्यक्रमा काेहलपुर नगरभित्रका विभिन्न बिधामा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा पदक जित्ने खेलाडी तथा प्रशिक्षकलाई नगद , दाेसल्ला तथा सम्मान पत्र सहित सम्मान गरिएकाे थियाे ।

आज( शनिवार) बाट भलिबल र एथ्लेटिक्स तर्फका खेलहरु हुने

मार्चपास गर्दै बिद्यार्थीहरु
तेस्रो अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन संयोजक तथा कृष्ण माध्यामिक विद्यालयका प्रधानाध्यापक विरेन्द्र कुमार मल्लले बताए ।

सम्बन्धित समाचार